चितवनको भरतप’र महानगरपालिकाको मेयरको उम्मेदवारीमा रेणु दाहाल
सहयात्रा टिभी
११ बैशाख, चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रधानमन्त्री पुष्पकमल दहालकी छोरी रेणु दाहालको उम्मेदवारी परेको छ । उनी काठमाडौं क्षेत्र नम्वर १ वाट संविधान सभा निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहसंग पराजित भएकी थिईन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल भरतपुर महानगरपालिकाको कृष्णपुर ४ का भएकै कारण पनि प्रधानमन्त्रीकै छोरी मेयर पदमा उठ्ने भएपछि चितवनवाट अरु मेयर पदका दावेदारहरु पनि पछि हटेका हुन् ।
चितवनको भरतपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी रेणु दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड की जेठी सुपुत्री हुन् ।