संसदमा आज संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल, एमालेले अवरोध गर्ने 

सहयात्रा टिभी

बैशाख १२, २०७४ । व्यवस्थापिका संसदको बैठका आज सरकारले हिजो पेश गरेको संविधानको दोस्रो संशोधन विधेयकबारे सैद्धान्तिक छलफल हुँदैछ । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम सहितका तराई केन्द्रीत दलको माग सम्बोधन गर्न सरकारले पेश गरेको विधेयकमाथि आजदेखि सैद्धान्तिक छलफल हुन लागेको हो । सदनले सो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेपछि सांसदले संशोधनका लागि ७२ घण्टाको समय पाउनेछन् । सरकारले तराई केन्द्रीत दलसंग गरेको सहमति अनुसार संशोधन प्रस्तावमा परिमार्जन राख्ने तयारी गरेको छ । दोस्रो संविधान संशोधन विधेयक खतरनाक भएको भन्दै बिपक्षी एमालेले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।

प्रकाशित : 25 April, 2017

प्रतिक्रिया दिनुहोस्