केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पञ्जावमाथि हैदरावादको जित, आज पुने र बेङ्लोर तथा गुजरात र मुम्बइ भिडने  

सहयात्रा टिभी

बैशाख १६, २०७४ । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति हैदराबादले किंग्स एलाभेन पञ्जाबमाथि २६ रनको जित निकालेको हो । २ सय ८ रनको लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित बीस ओभरमा ९ विकेट गुमाएर १ सय ८१ रनमात्र जोड्न सक्यो । उसका लागि सोन मार्शले ८४ रन बनाए । बलिङमा हैदराबादका आशिष नेहरा र सिद्धार्थ कौलले समान तीन–तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । उसका लागि शिखर धवनले ७७, केन विलियमसनले ५४ तथा कप्तान डेविड वार्नरलेले ५१ रन बनाए । बलिङतर्फ पञ्जाबका ग्लेन म्याक्सवेलले दुई विकेट लिए । प्रतियोगिता अन्तर्गत आज राइजिङ पुने सुपरजायन्ट र रोयल च्यालेञ्जर्स बेङ्लोर तथा गुजरात लायन्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 29 April, 2017

प्रतिक्रिया दिनुहोस्