संसद् बैठक सरेपछि संविधान संशोधनमा झन अन्योल, चुनाव प्रभावित हुने आशंका

सहयात्रा टिभी

बैशाख १७, २०७४ । व्यवस्थापिका संसद्को बैठक बैशाख २१ गतेका लागि सरेपछि संविधान संशोधन प्रक्रिया पनि तत्कालका लागि टरेको छ । आजबाट संविधान संशोधन बिधेयकउपर परेका प्रस्तावमाथि छलफल गर्ने कार्यसूची भएपनि नेपाली कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधन भएकाले शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । विधेयकमाथि ५० वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । संविधान संशोधनका लागि सत्तापक्षको बहुमत नपुग्ने देखिएपछि बैठक स्थगित भएको अनुमान गरिएको छ । राप्रपाको संसदीय दलको बैठकमा १० सांसद अनुपस्थित भएपछि संविधान संशोधनका लागि आवश्यक दुइ तिहाइ नपुग्ने स्थिति आएको हो । राप्रपाले आफना सांसदलाइ ह्वीप जारी गरेपनि दश जना सांसद् बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्