केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुम्बइ आइपिएलको प्लेअफमा, आज दुइ खेल

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्स विजयीहुँदै प्लेअफमा प्रवेश गरेको छ । आइपिएल अन्तर्गत गएराति मुम्बईले दिल्ली डेयर डेभिल्समाथि १ सय ४६ रनको जित निकालेको हो । २ सय १३ रनको लक्ष्यसहित मैदान ओर्लेको दिल्ली १३ दशमलव ४ ओभरमा ६६ रनमै अलआउट भयो । उसका लागि करुण नायरले २१ तथा कोरे एण्डरसन र पाट कुमिन्सले दस–दस रन जोड्नु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् । दिल्लीलाई झिनो रनमै समेट्न मुम्बईका हरभजन सिंह र कर्ण शर्माले तीन–तीन तथा लासिथ मालिंगाले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । उसका लागि लेन्डि सिमोन्सले ६६ तथा केरोन पोलार्डले ६३ रन बनाए । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्लोर तथा किंग्स एलाभेन पञ्जाब र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।।।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्