अयोध्याबाट छुटेको सरयू कमला एक्सप्रेस रेल जनकपुरमा भव्य स्वागत
सहयात्रा टिभी
काठमाडौं । मंसिर ८, भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ ।

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थयात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका थिए ।
राजकीय भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट सोमबार झन्डा देखाएपछि यो रेल अयोध्याबाट जनकपुरका लागि हिँडेको थियो ।
नेपाल–भारत रोटीबेटीका मूल सम्बन्ध रहेको धार्मिक स्थल जोड्ने उद्देश्यका साथ जनकपुरधाम–अयोध्या रेलसेवा सुरु गरिएको हो ।
