केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानन्यायाधीश कार्की आजबाट नियमित काममा, केही इजलास तोकिए

सहयात्रा टिभी

काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की आज नियमित काममा फर्कनु भएको छ ।
सर्वोच्चले महाअभियोग अघि नबढाउन र कार्कीलाई काममा फर्कन आदेश दिएपछि कार्की आजबाट नियमित काममा फर्कनु भएको हो । उहाँले अदालतको आदेश बमोजिम शुक्रवार नै हाजिर गरी केह टिप्पणी सदर गर्नुभएको थियो । कार्की विहान साढे ९ बजे कार्यालय पुगेको अदालत प्रशासनबाट बुझिएको छ । कार्कीले प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै न्यायाधीशहरुको इजलास पनि तोक्नु भएको छ । आफनो एकल वा संयुक्त इजलास भने नराखिएको बुझिएको छ । कार्की लिनम्बनमा परेसंगै कार्यबाहक सम्हालेका वरिष्ठ न्यायाधीश गोपाल पराजुली भने आज कार्यालय नगएको बुझिएको छ ।

प्रकाशित : 7 May, 2017

प्रतिक्रिया दिनुहोस्