विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार १३, फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम खेलको पहिलो हाफमा स्पेनले उरुग्वेविरुद्ध १–० गोलको अग्रता लिएको छ । मेस्किकोको एस्टाडियोस्थित ग्वाडालाहारामा भइरहेको खेलमा खेलको ४२औँ मिनेटमा आलेक्स बाएनाले गोल गर्दै टोलीलाई १–० गोलको अग्रता दिलाएका छन् ।

यसअघिका दुईमध्ये एकमा जित र एकमा बराबरीसहित ४ अंक भएको स्पेन आजको खेल जित्दै शीर्षस्थानमा रहँदै समूहको विजेता बन्ने लक्ष्यमा छ । दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको पाराग्वे पहिलो जितको खोजीमा छ ।
