केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डलर निल्ने अचम्मकी यी महिला

सहयात्रा टिभी

एजेन्सी । खानेकुरा त सबैले निल्छन यो समान्य कुरा हो । तर, कसैले डलर निल्यो भन्दा आजभोलिको जमानामा त्यो पनि सामान्य लाग्न सक्छ । तर एकैपटक ९ हजार डलर ९९ लाख रुपैयाँ कसैले निल्यो भन्ने सुनियो भने यो चाहिं अचम्म लाग्न सक्छ । यहाँ यस्तै भएको छ । आफनो पूर्व प्रेमीलाइ रकम दिन नपरोस भनेर एक २८ वर्षीया महिलाले ९ हजार डलर ९९ लाख रुपैयाँ निलेकी हुन । डलर र डलरको बिल निलेपछि उनलाई युनिभर्सिटी हस्पिटल अफ स्यान्ट्यान्डर (एचयूएस) को आकस्मिक कक्षमा भर्ना गर्नुपर्यो । यस्तो अचम्मको घटना गत अप्रिल २२ तारिखको हो । डलर निलेपछि २१ बर्षीया स्यान्ड्रा मिलेना एल्मेइडा अत्यधिक पेट दुखेपछि अस्पताल पुगिन् । डाक्टरले ती २८ वर्षे महिलालाई ग्याष्ट्रिक अवरोध भएकाले तत्काल शल्यक्रिया गर्नुपर्ने बताए । जब शल्यक्रिया गरियो तब डाक्टरहरु पेटभित्र पैसा देखेपछि अचम्ममा परे । ती डाक्टरले सानो आन्द्राबाट केही धेरैजसो पैसा निकाल्न सफल भए । बिरामीको पेटभित्रबाट ६ हजार ७ सय डलर पाउनु सामान्य कुरा होइन त्यसकारण युनिभर्सिटी हस्पिटल अफ स्यान्टान्डरले स्थानीय पुलिसलाई यसबारे जानकारी दिए । शल्यक्रियापछि डाक्टरले उनलाई यस्तो गर्नुको कारण सोधे । स्यान्ड्रा मिलेना एल्मेइडाले यसको नालीबेली बताइन् । उनका अनुसार उनी र उनका पार्टनरले पानामामा बसाईं सर्न र राम्रो जीवनशैली अपनाउनका लागि केही पैसा जम्मा गरेका थिए । तर उनको पार्टनरले ब्रेकअप चाहे । उनले फर्निचर, मोटरसाइकललगायत अन्य विभिन्न सामग्री बेचेबापत् पाएको पैसाको आधा हिस्साको पनि माग गरे तर अल्मेइडाले उक्त कुरा सुनिनन् । पूर्व पार्टनरलाई पैसा दिनुको साटो त्यसलाई खाइदिने उनले सोच बनाइन् ।। ९ हजार डलर र बिल निलेपछि स्यान्ड्रालाई अत्यधिक पेट दुख्यो र तत्काल् अस्पताल जानुपर्यो ।

प्रकाशित : 7 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्