केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पञ्जाबलाई गुजरातको धक्का, आज मुम्बइ र हैदरावाद भिडने

सहयात्रा टिभी

भारत । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात लायन्स विजयी भएको छ । आइपिएल अन्तर्गत गएराति गुजरातले किंग्स एलाभेन पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो । १ सय ९० रनको लक्ष्य गुजरातले खेल सकिन दुई बल अगावै चार विकेटको नोक्सानीमो पूरा ग¥यो । उसका लागि ड्वेन स्मिथले विष्फोटक ७४ रनको इनिङ खेले । बलिङतर्फ पञ्जाबका संदीप शर्माले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित बीस ओभरमा तीन विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । उसका लागि हासिम अमलाले १ सय ४ तथा शोन मार्सले ५८ रन बनाए । प्रतियोगिता अन्तर्गत आज मुम्बई इण्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्