केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मतदान केन्द्रमा जोखिम बढे गोली

सहयात्रा टिभी

काठमाडौं । गृहमन्त्रालयले स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा जोखिम बढे गोली चलाउन सक्ने अधिकारसहितको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । मतदान केन्द्रमा पेस्तोलसहित प्रहरी निरीक्षकको कमान्डमा २८ प्रहरी खटिने भएका छन । बिभिन्न ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ । प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन् । विशेष सुरक्षा योजना अनुसार २३ हजार प्रहरी, २५ हजार म्यादी, १८ हजार सशस्त्र र करिब ४५ हजार सेना निर्वाचनमा परिचालित हुनेछन् ।
काठमाडौं उपत्यकाको स्थानीय तह निर्वाचनमा सुरक्षाका लागि चार हजार म्यादी, तीन हजार प्रहरी, चार हजार सशस्त्र र करिब नौ हजार सेना गरी २० हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रकाशित : 8 May, 2017

प्रतिक्रिया दिनुहोस्