केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज २५६१औं बुद्ध जयन्ती

सहयात्रा टिभी

काठमाडौं । आज २५६१औं बुद्ध जयन्ती बिभिन्न कार्यक्रमा गरी मनाइदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान् गौतम बुद्धको जन्म जयन्तीका रुपमा मनाउने गरिन्छ । गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ५ सय ६३ अर्थात आजभन्दा २५ सय ६१ वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन हालको नेपालको लुम्बिनी भगवान् गौतम बुद्धको जन्म भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा रानी वन क्रीडा गर्दै गरेका अवस्थामा लुम्बिनी उद्यानमा गौतमबुद्धको जन्म भएको मानिएको छ । राजा शुद्धोधनको दरबारमा राजकुमार भएर रहेका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख देखेर त्यसबाट मानव जातिलाई छुट्कारा दिने उद्देश्यले २९ वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्केका थिए । ईसा पूर्व ५ सय २८ को वैशाख शुक्ल पूर्णिमाकै दिन उहाँले बुद्धगयास्थित बोधिवृक्ष (पीपलको रुख) मुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भन्न थालियो । चार आर्य सत्य बुझ्ने व्यक्तिलाई नै बुद्ध भनिन्छ । बुद्धजयन्तीको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।

राजधानी काठमाडौं लगायत बुद्धको जन्मोस्थल लुम्बिनीमा विशेषपूर्वक बुद्धजयन्ती मनाइदै

प्रकाशित : 10 May, 2017

प्रतिक्रिया दिनुहोस्