केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनावी सभामा भाग लिन शीर्ष नेता चितवनमा

सहयात्रा टिभी

चितवन । निर्वाचन प्रचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुग्नु भएको छ । भरतपुर महानगरमा निर्वाचनको प्रचारका लागि उहाँहरु छुट्टा छुट्टै कार्यक्रमका लागि भरतपुर पुग्नु भएको हो । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले बुद्ध एयरबाट चितवन जानु भएको हो । उहाँहरु दुवै जनाले केन्द्रीय बस टर्मीनलको चौरमा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रालाई सम्बोधन गर्नुहुनेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको पोखरा बसपार्कमा सम्बोधन गर्नुहुनेछ ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्