छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने घोषणा
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २७, सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठपर्व मनाइसकेपछि सोमबार बिहान उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
छठ पर्वकै सिलसिलामा सोमबार समेत सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत जनाएका छन् ।
