केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोलखाका २ मतदाताको सिन्धुपाल्चोकमा मृत्यु

सहयात्रा टिभी

सिन्धुपाल्चोक । मतदाता बोकेर दोलखा जाँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेकपा माओवादी केन्द्रले रिजर्भ गरेर लगेको बस लामोसाँघु जिरी सडकखण्डको ३ किलो भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा दोलखा लामिडाँडा साविक वडा नम्बर ४ का मुक्तिनाथ घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा परि करीव डेढ दर्जन घाइते भएका छन् ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्