केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देउवाले माओवादीलाइ प्रयोग गरे–ओली

सहयात्रा टिभी

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुन नेकपा माओवादी केन्द्रलाइ प्रयोग गरेको आरोप लगाउनु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देउवा प्रधानमन्त्री दाहालकी छोरीलाइ जिताएर प्रधानमन्त्री बन्ने दाउमा लागेको बताउनुभयो । उहाँले सत्ता गठवन्धन दल आफ्नै सन्तानलाई जिताउन मात्र लागि परेको टिप्पणी गर्नुभयो । उहाँले देशको विकास गराउन चाहेमा आर्थिक संकट नहुने दाबी समेत गर्नुभयो ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्