अमेरिकासँग वार्ता गर्न इरानले अघि सार्‍यो पुरानै ७ सर्तका अडान

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, अमेरिकासँग वार्ताको नेतृत्व गरिरहेका इरानी संसद्का सभामुख मोहम्मद बाघेर गलिबाफले वार्ताका लागि आफ्नो देशको अडानमा कुनै परिवर्तन नभएको बताएका छन् ।

उनले अमेरिकासँग सम्झौता गरेर युद्ध अन्त्य गर्न पुरानै सात सर्त पूरा हुनुपर्ने इरानको अडान रहेको प्रस्ट पारेका छन् ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) निकट समाचार संस्था फार्समा प्रकाशित समाचारअनुसार गलिबाफले इरानका सात सर्त पूरा नभएसम्म कुनै पनि कदम नचाल्ने र वार्ता पनि नगर्ने बताएका छन् ।

अमेरिकाले दिइरहेको धम्की र अपमानजनक अभिव्यक्तिलाई उसको निराशाको संकेत भएको गलिबाफको टिप्पणी छ ।

‘हाम्रो अडान पहिले नै स्पष्ट छ । इरानका सात सर्त पूरा नभएसम्म न कुनै कदम चालिनेछ, न वार्ता हुनेछ,’ गलिबाफले भनेका छन् ।

उनले शत्रु पक्ष९अमेरिका–इजरायल०बाट हुने कुनै पनि शत्रुतापूर्ण गतिविधिको निर्णायक जवाफ दिन इरान तयार रहेको चेतावनीसमेत दिएका छन् । अमेरिका र इजरायलले गलत आकलन गरेमा युद्धको भौगोलिक दायरा विस्तार गर्न सकिने उनको भनाइ छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका पछिल्ला निरर्थक टिप्पणी र धम्कीको जवाफमा आफूले यस्तो अभिव्यक्ति दिएको गलिबाफले बताएका छन् ।

यसअघि बेसेन्टले एक्समा लेख्दै इरानको अवैध वित्तीय सञ्जाल ध्वस्त पार्ने अभियान जारी रहने बताएका थिए ।

प्रकाशित : 24 November, 2026

प्रतिक्रिया दिनुहोस्