केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐतिहासिक आर्थिकबृद्धि, २३ बर्ष यताकै उच्च

सहयात्रा टिभी

काठमाडौं । बिश्व बैंकले नेपालको आर्थिक बृद्धिदर ७.५ प्रतिशतले वृद्धि भएको जनाएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर सकारात्मक देखिएपनि जोखिम भने कायमै रहेको जनाएको छ । लोडसेडिङ अन्त्य, पुनर्निर्माणले लिएको गति र उपयुक्त मनसुनका कारण आर्थिक बृद्धिदर बढेको हो । यो वर्षको आर्थिक वृद्धि २३ वर्ष यताकै उच्च भएको बैंकले जनाएको छ । भूकम्प र गत वर्ष भारतको आर्थिक नाकाबन्दीका कारण नेपालको आर्थिक बृद्धिमा ठूलो असर पुगेको थियो । गत बर्ष आर्थिक वृद्धि खस्कनुमा नाकाबन्दी मुख्य भएको बैंकको भनाइ छ ।

प्रकाशित : 11 May, 2017

प्रतिक्रिया दिनुहोस्