केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाहुबली २ ले दश दिनमा एक हजार करोड भारु कमायो

सहयात्रा टिभी

एजेन्सी । भारतीय फिल्म ‘बाहुबली २’ कमाइको रेकर्डमा निकै भाग्यशाली साबित भइरहेको छ । ‘बाहुबली २’ ले यतिबेला विश्वव्यापी रूपमा दस दिनमा एक हजार करोड भारु कमाइ गरी नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कुनै पनि भारतीय फिल्मले यति धेरै कमाइ गर्न सकेका थिएनन् । त्यसो त ‘बाहुबली २’ ले पहिले नै विभिन्न शीर्षकमा बनेका रेकर्डलाई समेत भत्काएर नयाँ अंक स्थापित गरेको छ । स्वदेशमा पनि नौ दिनको सर्वाधिक छिटो समयमा ३ सय करोड भारु कमाएर नयाँ रेकर्ड राख्यो । फिल्म ‘बाहुबली २’ लाई अन्य तीन भाषामा पनि डब गरी रिलिज गरिएको थियो । 

अमेरिकाका ५० आइम्याक्स स्क्रिनमा रिलिज गरिएको ‘बाहुबली २’ एक सय करोड भारु कमाइ गर्ने पहिलो हिन्दी फिल्म बन्न सफल भएको छ । यसअघि उक्त रेकर्ड आमिर खान अभिनीत पछिल्लो फिल्म ‘दंगल’ का नाममा थियो । जुन फिल्मले ८० करोड भारु कमाइ गर्न सफल भएको थियो । ‘बाहुबली २’ ले कमाइमा आमिरकै दुई फिल्म ‘पीके’ र ‘दंगल’ ले बनाएका अधिकांश रेकर्डलाई भत्काएको छ । ‘बाहुबली २’ ले नेपालबाट मात्रै १२ करोडभन्दा बढी रुपैयाँको व्यापार गर्ने दावी गरिएको छ ।

प्रकाशित : 12 May, 2017

प्रतिक्रिया दिनुहोस्