आजको मौमसः केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना
सहयात्रा टिभी
काठमाडौं । मंसिर ५, हाल मुलुकमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका विभिन्न भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बिहानीपख तराई क्षेत्र, उपत्यका र नदी किनारका केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभागका साथै देशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी प्रदेश र मधेश प्रदेशको तराई क्षेत्रमा पनि आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
