केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जस्टिन हिंडेपछि भारतीय निराश

सहयात्रा टिभी

एजेन्सी । लामो समयपछि कन्सर्टका लागि भारत आएका अन्तर्राष्ट्रिय पप गायक जस्टिन बिबर आफना प्रशंसक र दर्जनौ बलिउड हस्तीलाइ निराश पारी फर्किएका छन । मुम्बइ, आग्रा र दिल्लीमा कन्सर्ट गर्न भनि आएका जस्टिन मुम्बइको कन्सर्ट सकाएर फर्किएका हुन । मुम्बइमा पनि उनले जम्मा दुइ घण्टा पर्फमेन्स दिए । यसरी बिचमै कन्सर्ट छोडेर जानुको कारण अरु केही थिएन । थियो त गर्मी । मुम्बईको चर्को गर्मी सहन नसकेपछि उनी बाँकी कार्यक्रम रद्द गरी भागेका हुन । डिवाई पाटिल रंगशालामा आयोजित कन्सर्ट सकेर उनी सिधै एयरपोर्ट गए र आफ्नो प्राइभेट जेट चढेर जोहान्सबर्ग लागे । त्यहाँ उनको १४ र १७ मेमा कन्सर्ट छ ।
बलिउडका थुप्रै हस्तिहरुले जस्टिनका लागि पार्टी दिने तयारी गरेका थिए । कतिपयले उपहार पनि तयार पारेका थिए । तर, जस्टिन हिँडेपछि सबै निराश बनेका छन् ।

प्रकाशित : 13 May, 2017

प्रतिक्रिया दिनुहोस्