केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तनहुँमा पनि शान्तिपूर्ण मतदान

सहयात्रा टिभी

तनहुँ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको दमौली स्थित सत्यवती मा वि केन्द्रवाट मतदान गर्नुभएको छ । मतदानपछि संचारकर्मीलाइ प्रतिक्रिया दिंदै नेता पौडेलले स्थानीय तहको निर्वाचनले सिंहदरवारको अधिकार गाउँमा स्थापीत गराउने बताउनुभयो । नेता पौडेलले चुनावले संविधान कार्यान्वयनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । दोस्रो चरणको निर्वाचनलाई समेत समयमै गराउन यो चुनावले महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो । तनहुँका सबै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्