३९ मिडियाबाट आचारसंहिता उल्लंघन

सहयात्रा टिभी

काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले तोकेको मौन अवधिमा ३९ सञ्चारमाध्यमले निर्वाचन आचारसंहिताविपरित सामग्री प्रकाशन/प्रसारण गरेको पाइएको छ। प्रेस काउन्सिल नेपालले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ती सञ्चारमाध्यमबाट प्रकाशन/प्रशारण भएका ७६ वटा सामग्री आचारसंहिता विपरीत पाइएको जनाएको छ । काउन्सिलले वैशाख २९ देखि ३१ गतेसम्म गरेको अनुगमनको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार आचारसंहिता उल्लंघन गर्नेमा छापामाध्यम अग्रपंक्तिमा देखिएका छन् । २६ वटा छापामाध्यमा प्रकाशित ६३ वटा सामग्री निर्वाचन आचारसंहिता विपरित रहेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेका छन् । पत्रकार र तिनले प्रयोग गर्ने सामाजिक सञ्जालबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाइएको काउन्सिलले जनाएको छ ।

प्रकाशित : 15 May, 2017

प्रतिक्रिया दिनुहोस्