स्थानीय तह निर्वाचन नियमावलीमा संशोधन, स्थानीय प्रतिनिधिको शपथ खुला

काठमाडौं । निर्वाचन आयोगलेस्थानीय तहका प्रतिनिधिको शपथका लागि स्थानीय तह निर्वाचन नियमावलीमा संशोधन गरेको छ । संसद्मा विचाराधीन रहेको स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पास नहुँदा शपथमा कानुनी अडचन देखिएको थियो । अब नियमावली संशोधन गरिएपछि जितेका प्रतिनिधिलाइ शपथ गराउन समस्या हुनेछैन । संसद्मा विचाराधीन विधेयकको धारा १७ मा अध्यक्ष तथा प्रमुखले निर्वाचित भएको मितिले ७ दिनभित्र जिल्ला न्यायाधीशसमक्ष शपथ लिनुपर्ने उल्लेख छ । त्यसैगरी उपाध्यक्ष, उपप्रमुख, वडा अध्यक्ष र सभाका सदस्यले १० दिनभित्र अध्यक्ष तथा प्रमुखसँग शपथ लिनुपर्ने व्यवस्था छ ।