धमाधम परिणाम आउँदै, प्रमुख तीन दलकै बर्चश्व

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणमा मतदान सम्पन्न प्रदेश नम्बर ३, ४ र ६ का बिभिन्न ३४ जिल्लाबाट मतपरिणाम आउनेक्रम जारी छ । ताजा अवस्थामा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर दिएको छ । परिणाम हेर्दा नेकपा माओवादी केन्द्रको उपस्थिति पनि सशक्त देखिन्छ । राप्रपा, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलहरुको अवस्था भने कमजोर भएको छ ।
चारवटै महानगरपालिकाको मेयरमा नेकपा एमाले निकै बलियो देखिएको छ । काठमाडौं महानगरपालिकामा पछिल्लो समय कांग्रेसले अग्रता लिएपनि अन्तिम समयसम्म के हुन्छ भन्न सकिदैन । विवेकशिल पार्टी र साझा पार्टीका उम्मेदवारले सम्मानजनक मत पाएका छन ।
भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी गठवन्धनलाइ शाख जोगाउन मुश्लि भएको छ । एमालेले अग्रताको दूरी फराकिलो पारेको छ ।
पोखरा लेखनाथ महानगरपालिका र ललितपुर महानगरपालिकामा पनि एमाले बलियो भएको छ ।
प्रमुख पदहरुमा कमजोर देखिएपनि उपमेयरमा भने प्रायः सबै महानगरमा कांग्रेसका उम्मेद्वार सशक्त देखिएका छन । यसकारण महानगर कुनै खास विशेष पार्टीको पक्षमा नगइ कांग्रेस र एमालेको शक्ति सन्तुलन हुने देखिएको छ ।
मतगणना निकै सुस्त भएकाले अन्तिम परिणाम आउन केही दिन लाग्न सक्ने देखिएकोछ ।

प्रकाशित : 16 May, 2017

प्रतिक्रिया दिनुहोस्