धोनीको ५ छक्काले पुने फाइनलमा
सहयात्रा टिभी
भारत । राइजिङ पुने सुपरजायन्ट इण्डियन प्रिमियर लिग आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा मुम्बई इण्डियनमाथि बीस रनको जित निकाल्दै पुने फाइनल पुगेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित बीस ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनमात्र जोड्न सक्यो । उसका लागि पार्थिव पटेलले ५२ रन बनाए । बलिङतर्फ पुनेका वासिङ्गटन सुन्दर र श्रदुल ठाकुरले समान तीन–तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गर्दै पुनेले निर्धारित बीस ओभरमा चार विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको थियो । पुनेकातर्फबाट मनोज तिवारीले ५८, अजिंक्या राहानेले ५६ तथा महेन्द्र सिंह धोनीले विष्फोटक ४० रन बनाए । आज हुने इलिमिनेटरमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । आजको विजेताले फाइनल प्रवेशका लागि पुनः मुम्बईको सामना गर्नेछ ।