भरतपुर महानगरपालिका २ मा एमालेको प्यानल विजयी, बाजागाजासहित खुशीयाली
सहयात्रा टिभी
चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नः २ मा नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर श्रेष्ठ भारी मतअन्तरले बिजयी भएका छन् । श्रेष्ठले कांग्रेसका उम्मेदवार चामुनारायण श्रेष्ठलाई ५७२ मतले पराजित गर्दै जित हात पारेका हुन् । श्रेष्ठले १९ सय २६ मत ल्याएर जीत हात परेका छन । कांग्रेसका वडाध्यक्षका उम्मेदवार चामुनारायणले १३ सय ५४ मत प्राप्त गरे । एमालेले भरतपुर महानगरको वडा नम्वर २ बाट सिंगो प्यानल बिजयी भएको हो । एमालेले वडा नः २ बाट प्लानलसहित जिते पछि एमाले कार्यकर्ताहरुले बाजागाजा सहित बिजय जुलुस निकालेका छन् ।