बागलुङ ढोरपाटन नगरपालिकाको मेयरमा एमाले विजयी

सहयात्रा टिभी

बागलुङ । बागलुङ ढोरपाटन नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेदावर देवकुमार नेपाली २६९२ मत ल्याएर प्रमुख पदमा निर्वाचित भएका हुन् । उपप्रमुखमा एमालेकै करमती घर्ती विजयी भएकी छिन्। उनले दुई हजार ७९ मत प्राप्त गरिन । यस्तै बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष निर्वाचित भएका छन्। उपाध्यक्षमा कांग्रेसका अम्मरबहादुर श्रीश विजयी भएका छन् । योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहको प्रमुखमा जीत हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा कांग्रेसले तीन, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले एक–एक स्थानमा जित हासिल गरेका छन् ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्