केपी ओली प्रचण्ड माधव नेपाल एमाले


किरणको ‘आकर्षण’ बजारमा

सहयात्रा टिभी

काठमाडौं । चर्चित सर्जक तथा गायक किरण बाबु पुनको नयाँ गीत “आकर्षण“ बजारमा आएको छ । हिम सम्झौता डिजिटलको प्रस्तुतिमा पुनको नयाँ गीत सार्वजनिक भएको हो । गीतमा शब्द, लय, स्वर किरण बाबु पुनकै रहेको छ भने उनलाइ चर्चित गायिका बिष्णु माझीले साथ दिएकी छिन । यो गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका छन भने छायांकार करन चैंसिरले गरेका छन । गीतमा मोडल तथा गायक दुर्गेश थापा र सुप्रीया कटवालले अभियन गरेका छन । गायक पुन भन्छन, ‘ गीत संगितको बजार व्यावसायिकरुपमा दयनीय भएको बेलामा पनि श्रोता दर्शकको माया, हौसला र हिम सम्झौता डिजिटलका प्रबन्धक नन्दराम परियारको साथले नयाँ गीत पस्केको छु । ’
“आकर्षण“ शीर्षक अनुसार निकै रमाइलो गीत जस्तो लागेता पनि यसमा प्रेममा हुने समर्पण र त्यागको विषयलाई मार्मिक रुपमा उतारिएको छ । कस्तो माया सांचो हुन्छ र कस्तो माया स्वार्थी हुन्छ भन्ने सन्देश यसमा छ । गीतको बोल यस्तो छ –
तिम्रै नामको जिन्दगी तन मन
मात्र तिम्रो हुं म त आजीवन
पिरतिको संसार कस्को मुटु जोड्नेहरुको,
जहाँ मायामा बिश्वास हुन्छ, त्यहीँ सांचो प्रेम हुन्छ,
तर मात्र आकर्षण हो, कसम तोड्नेहरुको ।

प्रकाशित : 18 May, 2017

प्रतिक्रिया दिनुहोस्