केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ईग्लिस प्रिमियर लेष्टर सिटीमाथि टोटनह्यामको शानदार जित, हेरी केन नायक

सहयात्रा टिभी

बिबिसि । इंग्लिस प्रिमियर लिगमा हेरी केनको उत्कृष्ट खेलसंगै टोटनह्याम विजयी भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटनह्यामले लेष्टर सिटीमाथि ६–१ को जित निकालेको हो । टोटनह्यामका लागि हेरी केनले ह्याट्रिकसहित चार गोल गरे । केनले खेलको २५औं, ६३औं, ८८औं र ९० औं मिनेटमा गोल गरे । त्यस्तै सन हिउङ मिनले ३६औं र ७१औं मिनेटमा गोल गरे । लेष्टरका लागि एकमात्र सान्त्वना गोल ५९औं मिनेटमा बेन चिलवेलले गरे । टोटनह्याम तालिकाको दोस्रो स्थानमा कायमै रहेको छ ।

प्रकाशित : 19 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्