केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सुपर मम’ को निधनपछि बलिवुड शोकाकुल

सहयात्रा टिभी

भारत । भारतीय चलचित्रकी लोकप्रिय अभिनेत्री रिमा लागुको निधनपछि बलिवुड शोकाकुल भएको छ । ५८ वर्षीया रिमाको हृदयाघातका कारण निधन भएको हो । उनको निधनपछि भारतीय चलचित्रका हस्तीहरुले गहिरो दुःख प्रकट गरेका छन । समाजिक संजाल लगायत रिमाकै घरमै पुगेर बलिवुड कलाकारहरुले श्रद्धाञ्जलि व्यक्त गरे । रिमा धेरैजसो आमाको भूमिका देखिने भएकाले उनलाई ‘सुपर मम’ भन्ने गरिन्थ्यो ।
रिमाले सन् १९७९ मा मराठी फिल्ममार्फत फिल्मी यात्रा सुरु गरेकी थिइन । मराठी र हिन्दी गरी एक सयभन्दा बढी फिल्ममा उनले चरित्र अभिनेत्रीका रुपमा काम गरेकी छन । उनले अभिनय गरेका ‘कयामत से कयामत तक,’ ‘मैंने प्यार किया,’ ‘आशिकी,’ ‘हिना,’ ‘साजन,’ ‘शोला और शबनम,’ ‘यस बोस,’ ‘हम आपके हैं कौन,’ ‘रंगीला,’ ‘जुडवाँ,’ ‘कुछ कुछ होता है,’ ‘कल हो ना हो’ लगायतका फिल्म निकै चर्चित छन ।
रिमाको बिहीबार नै अन्त्येष्टि गरिएको छ ।

प्रकाशित : 19 May, 2017

प्रतिक्रिया दिनुहोस्