केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयरधनीलाई लाभांस बितरण गर्ने आयल निगमको तयारी

सहयात्रा टिभी

काठमाडौं । नेपाल आयल निगमले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । निगमको भर्खरै सम्पन्न ३५औं साधारणसभाले चुक्ता पुँजीको ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । निगमले १५ बर्षपछि यसरी लाभांस बितरण गर्न लागेको हो । निगमको सञ्चित मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । लाभांश वितरणमा १४ करोड ६१ लाख ९७ हजार रुपैयाँ खर्च हुने भएको छ । हाल निगमको चुक्ता पुँजी २९ करोड २३ लाख ९५ हजार ७ सय रुपैयाँ छ ।
लगातार घाटामा गएको निगम ०७२ र ७३ मा इन्धन व्यापारबाट नाफामा गएको हो । निगम १९ अर्ब रुपैयाँ नाफामा देखिन्छ । निगमले आफनो सबै ऋण चुक्ता गरिसकेको छ । चालु आर्थिक वर्षमा करिब १० अर्ब नाफा हुने निगम व्यवस्थापनको विश्वास छ । सेयरधनीलाई लाभांश बाँडे पनि कर्मचारीलाई बोनस बाँड्ने योजना नभएको निगमले स्पष्ट पारेका छ । निगमले कर्मचारीलाई बोनस नबाड्ने भनेपनि कर्मचारी बोनस शीर्षकमा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी व्यवस्था गरेको छ । निगमले सञ्चालक समितिका सदस्यको बैठक भत्ता ३ हजार रुपैयाँ वृद्धि गरेका छ । अब सञ्चालक समितिको बैठक हुँदा सदस्यहरूले ८ हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित : 20 May, 2017

प्रतिक्रिया दिनुहोस्