अख्तियार प्रमुखमा बस्न्यात र महालेखा परीक्षकमा शर्मा अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस दीप बस्न्यातको नाम अनुमोदन गरेको छ ।
यस्तै, महालेखा परीक्षकमा सिफारिस टंकमणि शर्माको नाम पनि समितिले अनुमोदन गरेको छ ।
दुवै पदाधिकारीको सुनुवाइपछि नाम अनुमोदन भएको हो । संवैधानिक परिषदले बस्न्यातलाई अख्तियारको प्रमुख आयुक्त र शर्मालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो ।