केपी ओली प्रचण्ड माधव नेपाल एमाले


व्यवस्थापिका संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । व्यवस्थापिका संसद्को तेस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । दिउसो १ बजेका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गर्नुभएको छ । व्यवस्थापिका संसद्को दोस्रो अधिवेशन ३ सय ८१ दिनसम्म चलेर गत बिहीबार अन्त्य भएको थियो । सरकारले जेठ १५ गते आर्थिक वर्ष २०७४÷७५ का लागि बजेट ल्याउनुपर्ने भएकाले छिट्टै संसद् बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद्को अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइने बताइएको छ । संविधानअनुसार संसद् आह्वान र अन्त्य गर्न राष्ट्रपतिले नै संसदमा पत्र पठाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्