केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइपिएलको उपाधि मुम्बइ इण्डियन्सलाइ, फाइनलमा पुने १ रनले पराजित

सहयात्रा टिभी

भारत । मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ ।
आइपिएलको दसौं संस्करणको उपाधिका जित्ने क्रममा मुम्बईले राइजिङ पुने सुपर जायन्टमाथि एक रनको सनसनिपूर्ण जित निकालेको हो । १ सय ३० रनको लक्ष्य पछ्याएको पुनेले निर्धारित बीस ओभरमा ६ विकेटको नोक्सानीमा १ सय २८ रनमात्र जोड्न सक्यो । उसका लागि कप्तान स्टेभेन स्मिथले ५१ तथा अजिंक्या राहानेले ४४ रन बनाए । बलिङतर्फ मुम्बईका मिचेल जोन्सनले तीन तथा जसप्रित बुम्राहले दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङको निर्णय गरेको मुम्बईले खराब सुरुवात ग¥यो । सात रनमै पहिलो, आठ रनमै दोस्रो तथा ४१ रनमै तेस्रो विकेट गुमाएर दबावमा परेको मुम्बईको इनिङ कप्तान रोहित शर्मा र अजिंक्या पाण्ड्याले केही सम्हालेका थिए । शर्मा २४ तथा पाण्ड्या ४७ रनमा पेभेलियन फर्के । बलिङतर्फ पुनेका जयदेव उनधकट, आदम जाम्पा र ड्यानियल क्रिष्टियनले समान दुई–दुई विकेट लिए । मुम्बईको यो तेस्रो आइपिएल उपाधि हो ।

प्रकाशित : 22 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्