केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डा.महतले मागे प्रधानमन्त्रीको राजीनामा

सहयात्रा टिभी

काठमाडौं । पूर्व अर्थमन्त्री एवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनुपर्ने बताउनु भएको छ । सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा नेता महतले वैशाख मसान्तभित्रै राजीनामा दिने सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप लगाउनुभयो । उहाँले दाहालले राजीनामा नदिएर मुलुकलाई अनिश्चयको भूमरीमा फसाउन खोजेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले विकास निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउने गरी बजेट ल्याउन सरकारलाई सुझाव समेत दिनुभयो । विकास खर्च बढाउने र चालू राष्ट्रिय गौरवका आयोजनाहरुलाई छिटो सम्पन्न गर्न बजेटले उच्च प्राथमिकता दिनुपर्ने उहाँको सुझाव छ ।

प्रकाशित : 22 May, 2017

प्रतिक्रिया दिनुहोस्