केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजधानीमा आजबाट प्रधानमन्त्री क्रिकेट कप

सहयात्रा टिभी

काठमाडौं । प्रथम प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आजबाट सुरु हुंदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा प्रतियोगिता सुरु हुन लागेको हो । सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी आठ टोली सहभागी हुनेछन् । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ले व्यवस्थापन गर्ने प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गराइनेछ । समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिता जेठ २४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख नगद पुरस्कार पाउने छन् । सेमिफाइनलमा रोकिने टिमलाई समान ५० हजार नगद प्रदान गरिने छ भने प्रत्येक लिग खेलको विजेता २५ हजार नगदको हकदार बन्नेछ । ‘म्यान अफ द सिरिज’ लाई एक लाख, उत्कृष्ट बलर र ब्याट्म्यानलाई ५०–५० हजार तथा उदीयमान खेलाडीलाई २५ हजार नगदले पुरस्कृत गरिने छ । ‘म्यान अफ द म्याच’ ले ५ हजार नगद पाउने छन् ।

प्रकाशित : 23 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्