हेटौंडा उपमहानगरपालिकामा एमालेको जित
सहयात्रा टिभी
मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका उम्मेद्वार हरिबहादुर महत २३ हजार १ सय २४ मत प्राप्त गर्दै प्रमुखमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गर्नुभयो । यस्तै, उपप्रमुखमा एमालेकै मीना लामाले २३ हजार ४ सय ३७ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्वी माओवादी केन्द्रका बलराम बलले १७ हजार ११ मत प्राप्त गर्नुभयो ।