केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टेनिस खेलाडी सफिनले सांसद पदबाट दिए राजीनामा

सहयात्रा टिभी

बिबिसि ।   नम्बर एक तथा दुई पल्टका ग्रान्ड स्लाम विजेता मराट सफिनले रुसको सासंद पदबाट राजीनामा गरेको घोषणा गरेका छन्। सफिन विगत ६ वर्षदेखि रुसी सासंद पदमा नियुक्त थिए। उनले विहिबार पदबाट राजीनामा गरेका हुन्। सफिनले सन् २००९ मा टेनिसबाट सन्यास लिएको थिए। उनले सन् २००० मा युएस ओपन र २००५ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए। उनले राजनीतिमा बढि समय उपलब्ध गराउन नसक्ने भन्दै पदबाट राजीनामा गरेका हुन्।  ‘मैले राजीनामा पत्र सुम्पिएको छुँ,’३७ वर्षिय सफिनले रुसी संचारमाध्यम टासलाई बताएका छन्। सफिन सत्तारुढ दल युनाइटेड रसियाबाट २०११ मा निर्वाचित भएर पहिलो पल्ट संसद नियुक्त भएका थिए।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्