सरकारको निर्णयमा सर्वोच्चको अंकुश, स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश
सहयात्रा टिभी
काठमाडौं । स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । सर्वोच्चले शुक्रवार स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले सरकारले हालै गरेको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले तराईका १६ जिल्लामा २३ स्थानीय तह थपेको थियो ।