केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहमतिय सरकार बनाउन ओलीको प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पु्ष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर र एमाले अध्यक्ष केपी ओलीबीच दोस्रो चरणको निर्वाचन, स्थानीय तहको संख्या, राजपाको आन्दोलन, संसद्को अवरोध लगायतका विषयमा छलफल भएपनि सहमति हुन सकेन । बैठकमा प्रधानमन्त्री दाहालले एमालेको असहयोगका कारण मधेश केन्द्रीत दलहरु सहमतिमा आउन नसकेको भन्दै गुनासो गर्नुभएको थियो । एमाले अध्यक्ष ओलीले सरकार आपसी सरसल्लाह नगरी एकलौटी रुपमा अघि बढेकाले यो परिणाम आएको जवाफ दिनुभएको थियो । यसैबीच, एमाले अध्यक्ष ओलीले सहमतिय सरकार निर्माणका लागि आफनो पार्टी तयार रहेको बताउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीहरुलाइ प्रतिक्रिया दिंदै अध्यक्ष ओलीले जसको नाममा सहमति हुन्छ, उसैको नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभयो ।

प्रकाशित : 27 May, 2017


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्