केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आइटम डान्सर मलाइका अरोरा २० बर्ष कान्छा अर्जुनसंग रोमान्समा मस्त

सहयात्रा टिभी

एजेन्सी ।  बलिवुडमा आइटम डान्सरका रुपमा ख्याती प्राप्त मलाइका अरोरा पर्दामा मात्र होइन वास्तविक जीवनमा पनि आइटम नै रहिछन् भन्ने प्रमाणित भएको छ । सलमान खानकी पूर्व भाई बुहारी मलाइकाले पति अरबाज खानसंग सम्बन्ध बिच्छेद गरेपछि उनका उत्कट चाहना प्रकट हुन थालेका हुन । 

सधैं पर्दामा कम्मर, नितम्ब र अनुहारले हायलकायल पार्ने मलायिका वास्तविका जीवनमा पनि प्रेम र रोमान्समा मस्त भएकीछिन । ४३ बर्षीया मलायका एक छोराकी आमा पनि हुन । बलिउडमा उनको फिगरको अहिले पनि उस्तै चर्चा हुने गरेको छ ।
मोडल, अभिनेत्री तथा आइटम गर्ल मलाइका आफूभन्दा झन्डै दुई दशक कम उमेरका अर्का नायक अर्जुन कपुरसँग प्रेममा चुर्लुम्म डुबेकीछिन । आफू भन्दा निकै कम उमेरका युवकसंग रोमान्स गर्न थालेपछि मलाइकाको चाहना कति असिमित रहेछ भन्ने चर्चा बलिउडमा छाएको छ ।
मोडलका रूपमा करिअर सुरु गरेकी मलाइका विशेषगरी आइटम गर्लका रूपमा परिचित छिन् । उनले डान्स गरेका ‘चल छैया छैया’, ‘मुन्नी बदनाम हुइ’लगायतका गीत निकै चलेका छन् । केही समय अगाडी मात्रै उनी एक कार्यक्रमको शिलशिलामा नेपाल आएकी थिइन् ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्