केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमाञ्चलको लज्जास्पद हार, ब्याटिङ नचलेपछि आर्मीसंग ८ विकेटले पराजित  

सहयात्रा टिभी

काठमाडौं । काठमाडौं कीर्तिपुरमा जारी प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमाञ्चलले लज्जास्पद हार बेहोरेको छ । नेपाल आर्मीसंग आज भएको खेलमा सुदूरपश्चिमाञ्चल ८ विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चल २२ ओभरमा ५० रन बनाउँदै अलआउट भयो । सुदूरपश्चिमका बसन्त खत्रिले २० रन बनाउनु बाहेक कसैले पनि दोहोरो अंक छुन सकेनन । सुदूरपश्चिमको इनिङ ध्वस्त बनाउन जितेन्द्र मुखियाले सर्वाधिक ६ विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको नेपाल आर्मीले ६ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त ग¥यो । आर्मीका बिनोद भण्डारीले नटआउट २१ रन बनाए । यस्तै, आर्मीका जितेन्द्र मुखिया म्यान अफ द म्याच चुनिए ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्