निर्वाचनको धाँधली छानबिन गर्न समिति गठन
सहयात्रा टिभी
काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । व्यवस्थापिका संसद्को बैठकले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको हो । समिति सदस्यहरुमा अर्जुनप्रसाद जोशी, राजेन्द्रप्रसाद पाण्डे, रामनारायण विडारी, रमेशकुमार लामा र सुबोधकुमार पोखरेल रहेका छन् । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले राखेको छानबिन समिति गठन प्रस्तावमा कांग्रेसका चिनकाजी श्रेष्ठ र एमालेका भानुभक्त ढकालले समर्थन जनाएकका थिए । त्यसपछि सभामुख घर्ती निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । वैशाख ३१ गते भएको पहिलो चरणको निर्वाचनमा धाँधली भएको भन्दै एमालेले छानबिनका लागि माग गरेबमोजिम समिति बनाइएको हो ।