केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ललित स्मृति फुटबलमा आर्मी विजयी, च्यासल र झापाले अंक बाँडे

सहयात्रा टिभी

काठमाडौं । डिफेण्डिङ च्याम्पियन नेपाल आर्मीले ललित स्मृती यू १८ च्याम्पियनसिपमा शनिबार विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा रमपम झापा ११ फुटबल क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कमप्लेक्स सातदोवाटोमा भएको खेलमा आर्मीले सुदूरपश्चिम फुटबल क्लबलाई २–० ले पराजित गर्यो । त्यसअघि एन्फा कम्प्लेक्समै भएको समूह ए को खेलमा झापा ११ र च्यासल युथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
च्याम्पियनसिप अन्तर्गत आइतबार समूह सी का जगदम्बा लुम्बिनी फुटबल क्लब र न्युरोड टिम तथा समूह डी का सिएमजी सकटा क्लब र मोरङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 27 May, 2017

प्रतिक्रिया दिनुहोस्