कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

सहयात्रा टिभी

काठमाडौं । मंसिर ९, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे सुरु हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा हिजो (मंगलबार) देखि जारी बैठकमा सभापति थापाले समसामयिक राजनीति र पार्टीको धारणा राखेका थिए भने महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए ।

आजको बैठकमा महामन्त्री पौडेलले पेस गरेको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।

त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ ।

प्रकाशित : 25 November, 2026

प्रतिक्रिया दिनुहोस्