केपी ओली प्रचण्ड माधव नेपाल एमाले


स्पेनिस कोपा डेल रेको उपाधि बार्सिलोनालाई

सहयात्रा टिभी

बिबिसि । स्पेनिस कोपा डेल रे को उपाधि बार्सिलोनाले जितेको छ । अलाभेसलाई तीन–एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रे को उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेयमार र पाको अल्कासेरले गोल गरे । नेयमारको पासलाई ३३ औं मिनेटमा गोलमा परिणत गर्दै मेस्सीले बार्सिलोनालाई अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै अलाभेसका थियो हर्नाण्डेजले गोल गर्दै खेल एक–एकको बराबरी गरे । त्यसपछि नेयमारले ४५ औं मिनेटमा र अल्कासेरले पहिलो हाफको इञ्जुरी समयमा गोल थप्दै बार्सिलोनालाई तीन–एकको अग्रता दिलाए । दोस्रो हाफमा दुबैतर्फबाट थप गोल नहुंदा तीन–एक गोल अन्तरले विजयी हुंदै बार्सिलोनाले कोपा डेल रेका उपाधि उचाल्यो ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्