केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरम मतगणना रोकियो

सहयात्रा टिभी

चितवन । भरतपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा प्रवेश गरेकाबेला तनाव उत्पन्न भएपछि गणना रोकिएको छ । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि तनाव उत्पन्न भएको हो । मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपाने लगायतले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएपछि तनाव बढेको थियो । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालका अर्का प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले गणनास्थललाई दलका प्रतिनिधिले रणभूमी बनाएको प्रतिक्रिया दिएका छन । न्यौपानेले निर्वाचन आयोगलाइ घटनाबारे प्रतिवेदन बुझाएपछि कारवाही अघि बढने जानकारी दिनुभयो ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्