केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज दशौं गणतन्त्र दिवस भव्यताकासाथ मनाइदै

सहयात्रा टिभी

काठमाडौं । आज दशौं गणतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १० वर्ष पूरा भएको अवसरमा भव्यताका साथ मनाइँदै छ । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यसका अवसरमा गणतन्त्र दिवस मुल आयोजक समितिले राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । गणतन्त्र दिवसका दिन आज सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति बिद्याभण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवम् गणतन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, विभिन्न संवैधानिक निकायका पदाधिकारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, नेपाल सरकारका निजामती, प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारीलगायतको उपस्थिमिा विशेष कार्यक्रम आयोजना गरिँदै छ । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गर्दै स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई थप सुदृढ गर्न भूमिका निर्वाह गर्ने विश्वास प्रकट गर्नुभएको छ । भण्डारीले पहिलो चरणको चुनावबाट विजयी जनप्रतिनिधिलाई बधाई दिंदै सफल कार्यकालको कामनासमेत गर्नुभएको छ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्