उत्तर कोरियाद्वारा अर्को शक्तिशाली क्षेप्यात्र परीक्षण, दक्षिण कोरियामा राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक

सहयात्रा टिभी

बिबिसि । संयुक्त राष्ट्रसंघले कडा प्रतिवन्ध लगाउने तयारी गरिरहेकाबेला उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको र त्यो ४ सय ५० किलोमिटर टाढा पुगेर सी अफ जापानमा खसेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ । पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन् । मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको गतिविधिप्रति आपत्ती जनाएका छन् । उत्तर कोरियाका कारण दक्षिण कोरिया, जापान र रुससमेत खतरामा परेको ट्रूम्पको भनाइ छ । जापानले पनि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ‘उत्तेजनात्मक गतिविधि’को संज्ञा दिएको छ र यो सैह्य नहुने चेतावनी दिएको छ ।

प्रकाशित : 29 May, 2017

प्रतिक्रिया दिनुहोस्